रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा १० लाख रुपैयाँ भन्दा बढी लागतमा श्री अर्जुन स्मृति सहिद पार्क सहित चौतारा निर्माण हुदै छ । राकाथुमको चापबोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्मृति पार्क सहित चौतारो निर्माण कार्य भैरहेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा विनियोजित १० लाख ६० हजार रकमबाट अहिले श्री अर्जुन स्मृति सहिद पार्क  तथा चौतारा निर्माण गर्ने काम भैरहेको राकाथुमका वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिनुभयो । यसले स्थानीय समुदायहरुलाई रोजगारी दिएको र पार्क तथा चौतारो निर्माण पश्चात् चापबोट क्षेत्रको थप महत्व झल्कने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । वडाध्यक्ष श्रेष्ठले पार्क तथा चौतारो निर्माणका लागि फाउन्डेसन तयार गर्ने कार्यमा सहभागी हुने सवैलाई धन्यवाद पनि दिनुभएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *