काठमाडौ । काठमाडौंको चन्द्रागिरीमा पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरीदा २ जनाको मृत्यु भएको छ । घटनामा थप २ जना घाइते भएका छन् । घाइतेको उद्दार गरि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको हो । बुधवार पर्खाल लगाउने क्रममा ढिस्को खसेको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी मोहन खाँणले जानकारी दिए ।      मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन् । पर्खालले थि चे र उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घाइते छन्                                                                यो अर्को समाचार, पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव आज बिहान ७ः ०० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।                                                                                जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेका बताए । मङ्गलबार पौडी खेल्ने क्रममा सिरिजङ्घा–२ आम्बेगुदिन र सिदिङ्वा–६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधीन पुल नजिकबाट दिनेश बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *