सशस्त्र प्रहरी ले एक महिलाबाट प्रतिबन्धित ४लाख बढी भारतीय रुपैया फेला पार्यो

लुम्बिनी पत्र । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा. बर्दिया तथा मातहत कार्यालयबाट खटि गएको गस्ति टोलीले कार्तिक ६ गते बर्दिया जिल्लाका बिभिन्न नाकाहरुबाट भारतबाट नेपाल तर्फ प्रवेश गर्ने क्रममा एक महिलाबाट प्रतिबन्धित भारतीय ४,०५,५००।- रुपैया फेला पारेको छ। जिल्ला बाँके कोहलपुर न.पा.-४ किरण नाला बस्ने बर्ष ३५ की बिमला शाहीलाई लाई खानतलासी गर्दा निजको झोलामा भारतिय प्रतिबन्धित र रुपैया फेला परेको हो । निज महिलालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत ले जानकारी दिनु भयो।। विभिन्न सीमा नाकाहरुबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ भित्र्याउदै गरेको अन्दाजी मुल्य रु.९५,६००/- बराबरको विभिन्न समान सशस्त्र प्रहरी बर्दिया ले बरामद गरेको हो ।।बरामद गरेको चिजबस्तुमा बोका-२ वटा, चिनी -५ बोरा¸ डिएपि मल-१० बोरा, युरिया मल-७ बोरा, साईकल-२ वटा, ट्याक्टरको ट्युव-२ पिस, वेरिङ्ग-६ पिस, गँहुको बिउ-२० के.जी., सुर्ति जन्य पदार्थ, सालको काठ ५.५ क्यु.फिट रहेको छ ।
बरामद गरिएको दान आवश्यक कारवाहीको लागी क्रमश भन्सार तथा बन कार्यालयमा बुझाएको भन्ने सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दियाबाट बुझिन आएको छ।