३ लाख घुससहित वडा अध्यक्ष पक्राउ

लुम्बिनी पत्र। ३ लाख घुससहित वडा अध्यक्ष पक्राउ परेका छन् । पाल्पा रैनादेवी छहरा गाँउपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुन पक्राउ परेका छन् । अख्तियार बुटवल कार्यालयले उनलाई रुपन्देहीको सालझण्डीबाट पक्राउ गरेको हो । काठ लिलाममा सहजीकरण गर्ने भन्दै घुस लिएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । उनीमाथि थप छानबिन गरी मुद्धा चलाईने अख्तियार बुटवल कार्यालयले जनाएको छ।