३५ घरपरिवारलाई राहत बितरण

लुम्बिनी पत्र । कोभिड १९ का कारण  लामो समय देखी लकडाउनबाट उत्पन्न समस्याबाट ग्रसित हुन पुगेका बर्दिया जिल्ला गुलरिया नगरपालिका  वार्ड नम्बर  ५ का ३५ घरपरिवारलाई खाद्यान्न सामाग्री बितरण  गरिएको छ ।
सयुक्त राज्य अमेरिकामा रहेर सामाजिक कार्यमा सकृय रहेका डा केशब भण्डारीको पहल मा सन्कलन गरिएको उक्त रकमले वडाका मतङा ,  बालापुर ,  सुहेलवा,  रामबाग गाउका ३५ घरपरिवार  राहत सामाग्री बितरण    गरिएको थियो ।
गुलारिया नगरपालिका   वार्ड नम्बर   ५ का जनप्रतिनिधी युबराज श्रेष्ठको पहल मा अमेरिकामा बस्ने केशब भण्डारी, बिनोद मोक्त्तान, बिमल मोक्त्तान  पियुस पटेल फिदा हुसेन र जयन्द्र लामाले आर्थिक सहयोग गरेका थिए । बिहीवार बितरण  गरिएका राहात तथा खाधान  सामाग्रीहरु नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार प्रतीपरिवार २५ केजी चामल  २ केजी ,दाल २ केजी, नुन १ केजी, स्वाबिन १ किलो, २ पिस हात धुने साबुन रहेको वडा सदस्य श्रेष्ठ ले जानकारी दिए ।  सामाजिक दुरी कायम राख्दै गाउ टोलमा गएर उक्त सामाग्री दिईएको हो । नेपालका बिभिन्न जिल्ला र अमेरिका का अधिकान्स  स्थानमा नेपालीहरु लाई सहयोग गर्दै आएका युबाहरु हुन  । डा. केशब  भण्डारी गुलारिया वार्ड नम्बर ५ का बासिन्दा हुन् । उनी लामो समय देखी अमेरिकामा बसोबास गर्दै चिकित्सक पेसामा संलग्न छन्।