२९ लाख ४८ हजार ७ सय सहित जुवा खेलिरहेका १० जना पक्राउ

लुम्बिनी पत्र । नेपालगन्जमा  नगद रकम रु २९ लाख ४८ हजार ७ सय सहित जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् ।
कार्तिक१२ गते सांझ अंदाजी ८:३०बजेको समयमा बाँके नेपालगंज उप महानगरपालिका वडा नं ४ बसपार्क बस्ने बर्ष ४६ को कृष्ण प्रसाद वलीको घरमा उनीहरू पक्राउ परेका हुन् । जुवातास खेलिरहेको छ भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोली उक्त घरमा गई खानतलासी गर्दा सन्तोष थापा समेतका १० जना पक्राउ परेका हुन्।  ब्यक्तिहरुले हारजित हुने गरी कटपट्टी तास खेलीरहेको अबस्थामा नियन्त्रणमा लिई उक्त जुवा खाल र निजहरुको साथबाट गरी जम्मा २९ लाख ४८ हजार ७सय  र ६ बुक (गड्डी) तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले बतााउनु भएको छ ।
पक्राउ परेका ब्यक्तिहरुमाजिल्ला बाँके ने.ग.उ.म.न.पा. वडा नं.४ बस्ने सन्तोष थापा , वडा नं. ६ बस्ने मेघनाथ कुचबन्दिया, वडा नं. ४ बस्ने  नविन घिमिरे , वडा नं.१० बस्ने टोप बहादुर शाही , वडा नं. ४ बस्ने पब्लु भण्डारी र तरुण गौतम , वडा नं.७ बस्ने  रविन राणा , वडा नं. ४ बस्ने सन्तोष वली र कृष्ण बहादुर सुवेदी,  वडा नं.१ बस्ने रहमान मिया रहेका छन ।
नेपालगन्जमा महाभारतकालको झल्को दिने जुवा  कार्तिक १२ गतेको प्रहरी अपरेसन पछि बन्द हुने अपेक्षा गरेको प्रजिअ राम बहादुर कुरुम्वाङले बताउनु भयो ।