२० लाख  राहत रकम दिने बढैयाताल गाउँपालिका को निर्णय   

लुम्बिनी पत्र । बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना भाइरसको संक्रमण तथा रोकथाममा निरन्तर रूपमा अग्रपंक्तिमा खटिएको क्रममा निधन भएकाको परिवारलाई राहत रकम दिने घोषणा गरेको छ।   गाउँपालिका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकहरु,गाउँ पालिका ले खटाएको व्यक्ति संक्रमणका कारण निधन भए  निजको परिवारलाई राहतस्वरूप २० लाख दिने निर्णय गरेको अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए।  पालिकामा स्थायी बसोबास गरिरहेका व्यक्ति कोरोनाले निधन भएमा  निजको परिवारलाई ५ लाख उपलब्ध गराउने निर्णय गरेको उनले बताए।
गाउँपालिकाको पछिल्लो निर्णयले कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा काम गर्दै आएका नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मीसबैलाई  कोरोना नियन्त्रण अभियानमा अझ बढी उत्साह थपेका इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक हीम खत्रीले बताए।