१ लाख १० हजार ८सय ४० मूल्य बराबरको ७ थान मोबाईल सेट थान बरामद

लुम्बिनी पत्र । भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको  १ लाख १० हजार ८सय ४० मूल्य बराबरको ७ थान मोबाईल सेट थान बरामद भएको छ । कार्तिक ५ गते दिउँसो १:३० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा. बर्दिया मातहत विओपि राजापुरले ती सामानहरू बरामद गरेको हो । सप्रनि खेमराज बोगटीको कमाण्डमा खटि गएको ७ जनाको मोबाईल टोलीले राजापुर न.पा.-४ छेदिया जंगलस्थित भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको मोबाईल सेट बरामद गरी आवश्यक कारबाहीको लागि मुख्य भन्सार कार्यालय राजापुरमा बुझाएको स.प्र.बल नेपाल नं.३१ गणका गणपति प्रहरी उपरीक्षक नर बहादुर रावत ले जानकारी दिनु भयो।