१३ किलोग्राम गाजा सहित  २ मानिस प्रहरी नियन्त्रणमा      

लुम्बिनी पत्र । १३ किलोग्राम गाजा सहित  २ मानिस प्रहरी नियन्त्रणमा परेका छन् ।
भदाै १३  गते राति ९:१५ बजे जिल्ला बाँके डुडुवा गा.पा.५ कमर्सा स्थित ई.प्र.का.बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई गाँजा सहित नियन्त्रणमा लिएको हो । बाँके कोहलपुर न.पा.११ बस्ने वर्ष ४२ को बिसराम थारु र जिल्ला बाँके राप्ती सोनारी गा.पा.५ गोरधुई बस्ने वर्ष २५ को राम बहादुर चौधरीको साथबाट प्लाष्टिकको बोरा २ वटा र प्लाष्टिकको झोला २ वटा बनाई राखेको १३ कि.ग्रा.लागू औषध (गाजा) सहित फेला पारीएको हो । उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एस् पि ओम बहादुर राना ले जानकरी दिए ।