स्थानीय तहलाई संघ र प्रदेशको सहयोग आवश्यक छ ।      

विनोद खनाल । स्थानीय तहमा काम गरिएको छ, यो महामारीमा स्थानीय तहहरुले जुन काम गरेका छन् सायद संघीय र प्रादेशिक सरकार ले पनि गरेका छैनन्। सिमित बजेट र श्रोत साधन मा स्थानीय तहलाई काम गर्न अवश्य नै मुश्किल छ। संघीय सांसदहरुलाई काठमाडौं छोड्न दिइएको छैन तर स्थानीय जनप्रतिनिधिहरु जोखिममा पनि विभिन्न ठाउँमा पुगेर भएपनि जनता सँगै छन्। विकास बजेट कटाएर क्वारेन्टाइन र राहतको व्यवस्थापन गरेका छन्।अझै खर्च बढ्दै छ तर आय श्रोत सिमित छ श्रोत हुने सरकार हरु वास्ता गर्दैनन्, जनता प्रत्यक्ष स्थानीय तह सँगै जोडिन्छन् तसर्थ काम नगरी सुख छैन। कर्मचारीहरु पनि धेरै जसो नियमित कार्यालय मै छन् जोखिममा कर्मचारी पनि छन्। स्थानीय तहलाई संघ र प्रदेशको सहयोग आवश्यकता छ यो बेलामा।                ( लेखक बढैया ताल गाउँपालिकाका लेखा अधिकृत हुन्)