कांग्रेस नेता अमृत ढकालले ल्याए ‘लजालु पहाडहरु’

लुम्बिनी पत्र ।  लोकप्रिय  कांग्रेस नेता साहित्यकार अमृत शर्मा ढकालको गीतकृति ‘लजालु पहाडहरु’ गृहजिल्ला बर्दियामा पनि विमोचन गरिएको छ । करिब दुई दशक देखि कविता, गजल, गीत, समालोचना र साहित्यिक सम्पादनमा क्रियाशिल ढकालको ‘लजालु पहाडहरु’ गुलरियामा एक कर्याक्रमको अयोजना गरि विमोचन गरिएको हो । गायक एकराज पौडेल, प्रभात सुवेदी, गजलकार मधु साश्रु, लेखक तथा समालोचक नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, हरि प्रसाद आचार्य तथा कृतिकार ढकालले संयुक्त रुपमा गीतकृति ‘लजालु पहाडहरु’ पुस्तक विमोचन गरेका हुन । ९१ पृष्ठ रहेको “लजालु पहाडहरु” मा ६७ थान गीत समावेश गरिएको छ । कृति युरेका पब्लिकेशन काठमाण्डौले प्रकाशन गरेको कृति गत हप्ता नेपालगन्जमा विमोचन भएको थियो भने शनिबार गृह जिल्लामा पनि विमोचन गरिएको हो ।
पुस्तक माथि टिप्पणी गर्दै युवा साहित्कार तथा समालोक डम्मर वि.सी.ले उक्त कृतिमा प्रेम, गीत, यौवन र मासुको विम्ब समावेश गरिएको बताउनु भयो । परिवेशलाई मध्यनजर गरि पाठकका लागी अत्यन्त रुचिकर हुने विश्वास व्यक्त गरेका छन । त्यस्तै अर्का समलोचक विजय वलीले ढकालका गीतले मानवीय संवेदनाको उच्चतम् बिन्दुलाई छुन सकेको टिप्पणी गरेका छन ।  कार्यक्रममा लेखक–समालोचक राजेन्द्र प्रसाद धितालले राजनैतिक व्यक्तित्व सँगसँगै अमृत ढकालको साहित्यिक व्यक्तित्व अगाडि बढेकोमा आफु हार्षित भएको बताउनु भयो । बर्दियाली साहित्य समाजको आयोजनामा करिब ७० जनाको सहभागितामा कृती विमोचन भएको छ ।