डेढ करोड बढीको चरेश र अफिमसहित एक महिला सशस्त्र प्रहरी बर्दियाद्वारा पक्राउ

लुम्बिनी पत्र । सशस्त्र प्रहरी बर्दियाले २३ किलो बढी चरेशसहित एक महिलालाई पक्राउ द्वारा लागू औषध बरामद लुम्बिनी पत्र । कात्तिक ४गते  राति ११ बजे   सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा. बर्दिया मातहत विओपि कट्टी ले २३किलो ५००ग्राम चरेस फेला पारेको छ । सप्रनि टीकाराम मैनालीको कमाण्डमा खटि गएको ७ जनाको मोबाईल टोलीले गुलरिया १ गाउँ नम्बर १० बोर्डर ईलाकाबाट सो चरेश पारेको हो ।  बुद्धि दमाईको घर को फेला पारी सर्च गर्दा  गर्दा रुकुमको बाफिकोट गाउँपालिका ८ डुले बस्ने वर्ष ३८ की  निर्मला बाठा मगर बाट ५.५ किलो अफिम र त्यस आसपासमा गरिएको खोजतलाशबाट  १३ किलो अफिम र ५ किलो चरेश बरामद भएको हो । बरामद गरिएको लागू औषधको बजार मूल्य १ करोड ४९ लाख बढी छ । चरेश को बजार मूल्य  प्रति के जि २५ देखि ३० हजार  र अफिमको बजार मूल्य प्रति के जि ८ लाख बढी रहेको छ। निर्मलाबाट   गुलरिया १ सानोश्री ठेगाना उल्लेख भएको ४० वर्षीय बाल कुमारी बि क को र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दान बहादुर मल्लको नागरिकता  प्राप्त भएको छ । उनीबाट मोबाइल ३ थान, ब्याकअप समेत बरामद भएको छ ।  सशस्त्र प्रहरी  उपरीक्षक नरबहादुर  रावत ले जानकारी दिनु भयो।  बरामद गरेको चरेश लगायतका सामान आवश्यक कारबाहीको जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको छ। निर्मलासँगै  चरेश कारोबारमा संलग्न २ पुरुष र एक महिलाको खोजी कार्य तीब्र बनाइएको छ ।