सशस्त्र प्रहरी बल बर्दिया द्वारा लागू औषध बरामद

लुम्बिनी पत्र । कात्तिक ४ गते  बेलुका ५:४५ बजे   सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा. बर्दिया मातहत विओपि फुटाहाले लागुऔषध नैत्रोभेट -१०  १६ चक्की र माक्स बोन्ड सोलुसन-५ पिस फेला पारेको छ । सप्रनि भुवनेश्वर न्यौपानेको कमाण्डमा खटि गएको ७ जनाको मोबाईल टोलीले बढैयाताल गा.पा.-२ फुटाहा बोर्डर ईलाकाबाट सो लागू औषध फेला पारेको हो । नेपाल तर्फ आउँदै गरेका जिल्ला बर्दिया बढैयाताल गा.पा.वडा नं.२ डाँफे बस्ने बर्ष १८ को बिष्णु गुरुङ्ग र ऐ. ठेगाना बस्ने बर्ष १७ को सागर सुनारलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लागुऔषध नैत्रोभेट-१० १६ चक्की र माक्स बोन्ड सोलुसन-५ पिस फेला पारीएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत ले जानकारी दिनु भयो।  बरामद गरेको लागुऔषध आवश्यक कारबाहीको प्रहरी चौकी जमुनीमा बुझाइएको छ।