सशस्त्र प्रहरीद्वारा बर्दियामा नयाँ सीमा स्तंभ फेला          

लुम्बिनी पत्र । बर्दिया गुलरिया नगरपालिका वडा नं.१० मस्जिदियाघाट स्थित भादा नदिको पुर्व तर्फको किनारामा नयाँ सीमा स्तंभ फेला पारीएको छ । मंसिर गते बिहान ९ : ३० बजेको समय सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दिया गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतको कमाण्डमा खटिएको टोलीले सानो पिल्लर नं.६७१/१ फेला परेको हो ।  ७ जनाको सीमा अनुगमन तथा बि.ओ.पि. कालाबन्जारबाट खटिएको बोर्डर गस्ति टोलिले   मंसिर १२ गते बिहान ९.३० बजेको समयमा सीमा स्तम्भको केहि भाग देखिएको अवस्थामा फेला पारेको थियो । उक्त स्थानमा खनेर हेर्दा फेला नपरेका पिल्लरहरु मध्ये सानो पिल्लर नं.६७१/१ फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द के सी ले जानकारी दिनु भयो ।
फेलापरेकाे सीमास्तम्भको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी सहितको टाेलीद्वारा शुक्रबार साँझ निरीक्षण समेत भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत गणेश विक्रम शाहले जानकारी दिनु भयो ।