श्वासप्रश्वासमा समस्या उत्पन्न भै मृत्यु

लुम्बिनी पत्र । १४ दिन क्वारिन्टिन बसि आर डी  टि  रिपोर्ट नेगेटिभ आइ घर गएका बारबर्दिया ३ खुर्खुरे फाँटाका ४५ बर्षका पुरुषको ज्यान गएको छ।  क्वारेन्टाइनबाट घर गएका ती पुरुषको श्वासप्रश्वासमा समस्या उत्पन्न भै मृत्यु भएको हो । दुई साताअघि काठमाडौंबाट बर्दिया आएका पुरुष १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्किएका थिए।तर, उनलाई घर फर्किएकै बिहीबार राती एक्‍कासी श्वास फेर्न कठिन भएको थियो ।  उपचारका लागि बर्दिया अस्पताल गुलरिया ल्याउने क्रममा बाटोमै मृत्यु भएको र मृतक पुरुषको शव बर्दिया अस्पतालको शव गृहमा राखिएको बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले बताए ।  मृतकको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ । परीक्षणको रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने जनाइएको छ ।
बार बर्दिया नगरपालिकामा हालसम्म २६६ जनाको स्वाब संकलन गरी पी सी आर जांच गर्दा ३ महिला र ५ पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको छ। ७८ को नतिजा आउन बाँकी छ।  त्यहाँ हालसम्म २४४३ को आर डी टि गर्दा २४०५ नेगेटिभ र ३९ को पोजिटिभ देखिएको छ।