शिवशक्तीपुरमा बोर्डर आउट पोस्टको  भवन निर्माण कार्यको शिलन्यास

लुम्बिनी पत्र । बढैयाताल २ शिवशक्तिपुर जमुनीमा निर्माण हुन लागेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको  भवन निर्माण कार्यको आज शिलन्यास गरिएको छ ।   बढैया गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ , बर्दियाका प्रजिअ लिलाधर अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत ले संयुक्त रूपमा सो भवन उद्घाटन गर्नु भएको हो । बढैया ताल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बर्दियाको १९लाख ४० हजार गा पा अनुदान र ६लाख ९५ हजार ७ सय ९८ रुपैया जनसहभागिता गरी कुल २६ लाख ३५ हजार ७ सय ९८ रुपियाँमा  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट फुटाहाको भवन निर्माण हुन लागेको हो ।
तत्काल काम सुरु भई  चैत्र ३० गते भित्र काम सम्पन्न हुने निर्माण समितीका अध्यक्ष पवित्रा शर्माले बताउनु भयो ।
कार्यकममा प्रहरी उपरीक्षक केदार रजौरेे, राष्ट्रिय अनुसन्धान उप अनुसंधान निर्देशक जयन्द्र उपाध्याय, सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द के सी,  वडा अध्यक्ष काजीमान सुनार  लगायतको उपस्थिती छ ।
कार्यकम भीम बहादुर सिंहले सञ्चालन गर्नु भएको थियो ।