विविध कार्यकम गरी बर्दियामा औषधी व्यवसायी संघले ४७औ स्थापना दिवस मनायो

लुम्बिनी पत्र। हिजो आज बर्दियामा गुणस्तरीय औषधीहरु सुपथ मुल्यमा सहज ढंगले उपलब्ध हुन थालेका छन् । बर्दियाका औषधी व्यवसायीहरुले लक डाउनको समयमा सुपथ मूल्यमा सहज रुपले औषधी आपुर्तिको व्यवस्था मिलाएका छन् ।
नेपाल औषधी व्यवसायी संघको ४७औ स्थापना दिवसलाइ सम्बोधन गर्दे अध्यक्ष सुरेशकुमार रेग्मीले व्यवसायको गरिमा उच्च बनाउन औषधी व्यवसायी साथीहरुले कोभिड १९ महामारी र लक डाउनको समयमा पनि जिम्मेवार ढंगले गुणस्तरीय र प्रभावकारी सेवा दिएकोमा बर्दियाका सबै औषधी व्यवसायीलाइ धन्यवाद पनि दिए ।
कोभिड १९को सन्त्रास र लकडाउनको समयमा बर्दियाका सबै स्थानमा औषधी सहजरुपले आपुर्ती मिलाएको थियो।
लक डाउनमा भएको कडाइमा पनि कोभिड १९बाट बच्ने टिप्सहरु लागु गर्दे पब्लिकलाइ सेवा प्रदान गरेका थियौ । पब्लिकलाइ कोभिड १९ बाट बच्ने उपाय बारे पनि सुसुचित गरेका छौ ः उनले भने ।
कोभिड १९ र लक डाउनको जोखिमको परिस्थितमा औषधी व्यवसायी साथीहरुले पसल बन्द गर्न सक्थे होलान तर हामी नैतिक रुपले जिम्मेवार भएर मुटु, किडिनी,मस्तिष्क, नशाका रोगको उपचारमा प्रयोग हुने जीवन बचाउ औषधीहरु सहज ढंगले आपुर्ति व्यवस्था मिलाएका थियौ ः अध्यक्ष रेग्मीले भने।
नेपाल औषधी व्यवसायी संघमा आबद्ध औषधी व्यवसायीहरुले लक डाउनको समयमा बर्दियाका जनतालाइ औषधी किन्न र उपचार गर्न नेपालगञ्ज, बीरगंज, काठमाडौ जानु नपर्ने अवस्था मिलाइ पहिला भन्दा डिस्काउण्टमा औषधी र सेवा उपलब्ध गराएका थिए ।
४७ औ स्थापना दिवसको अवसर पारे संघले अग्रपतिmमा रहेर काम गर्ने बर्दियाका केही पत्रकाहरुलाइ केही थान मास्क र केही थान सेनिटाइजर उपलब्ध समेत गराएको छ । संघले स्थापना दिवसकै अवसरमा जिल्ला शाखा कार्यालय गुलरियमा औषधी व्यवसायी बीच बैठक र अन्तरकृया गरि प्रभावकारी सेवा प्रवाह गर्ने देवेन्द्र काफ्लेलाइ सम्मान पनि गरेको छ । औषधी व्यवासायी संघले कोभिड १९लाइ लक्षित गरि सञ्चार माध्यमबाट सकारात्मक सन्देश प्रवाह गरिरहेको र त्यस कार्यमा सहयोग गर्ने सबै सञ्चार माध्यमलाइ धन्यवाद प्रदान गरेको छ ।