विमल केसी र प्रकाश श्रेष्ठले घर उपहार दिए

लुम्बिनी पत्र। युवा उद्यमी एवम् समाजसेवी विमल के सी र प्रकाश श्रेष्ठले समाजसेवाको उत्कृष्ठ नमूना काम  प्रस्तुत गरेका छन् । के सीले व्यक्तिगत सहयोगमा गुलरिया ८ टपरा  सुरजपुरका राजेश अधिकारी (फुले) लाई पक्की घर निर्माण गरिदिएर समाजसेवाको उत्कृष्ठ नमूना प्रस्तुत गरेका छन्।  ब्ल्याक बक कन्ट्रक्सनका प्रोप्राइटर के सी र लाली गुराँस कन्ट्रक्सनका प्रोप्राइटर श्रेष्ठले निर्माण गरिदिएको सो भवन फागुन २६ गते सोमबार एक कार्यकमका बीच हस्तान्तरण गरिएको छ। गुलरिया नगर प्रमुख मुक्तिनाथ यादव, युवा उद्यमी निर्माण व्यवसायीहरु विमल के सी र प्रकाश श्रेष्ठले राजेश अधिकारीलाई सो घर हस्तान्तरण गरेका हुन्। भवन हस्तान्तरण कार्यकमलाई सम्बोधन गर्दै नगर प्रमुख मुक्तिनाथ यादवले सरकारले गर्नुपर्ने काम गरेर  युवा निर्माण व्यवसायी के सी र श्रेष्ठले समाज सेवाको उत्कृष्ठ नमूना प्रस्तुत गरेको बताए।
केही समय अघि के सी ले मधुवन नगरपालिका ३ ओराली बजारमा आफ्नो व्यक्तिगत लगानीमा ५०० मिटर सडक निःशुल्क बनाई  दिएका थिए ।
विदेशमा भन्दा स्वदेशमै अवसर छ स्वदेशमै उद्यम व्यवसाय गर्नुपर्छ भन्ने निर्माण व्यवसायी युवा उद्यमी विमल केसी बाट प्रेरणा लिएर आफूहरुले   जग्गा भाडामा लिएर  स्नुकर एण्ड क्याफे हाउस संचालनमा ल्याएको स्वार को भनाइ छ।