विभेदकारी निजामती सेवा ऐन सच्चिनु पर्छ : प्रभात विजय मल्ल

निजामती सेवा ऐनकाे प्रस्तावित ड्राफ्टमा रा.प.अनंकित पदमा कार्यरत कर्मचारीहरुकाे वृत्तिविकासमा जुनखालकाे प्रावधान राखिएकाे छ त्याे अत्यन्त विभेदकारी छ । कुनै पनि रुपमा न्यायपुर्ण देखिदैन ।किन यस्ताे प्रावधान राखियाे हाेला त? यसाे हुँनुमा निर्णायक ठाउँमा बस्नेहरुकाे धारणा र साेच के हाेला? किन साैतेलाे व्यवहार गरेका हाेलान! आजकाे युगमा यस्ताे विभेदपूर्ण नीति नियमकाे वकालत गर्नेहरु साँच्चिकै निम्छराे साेचका पराकाष्ट हुन। उनिहरुलाई यस्ताे लाग्छ हाेला अनंकित श्रेणीका कर्मचारी मात्र मजदुर हुन, गाउँले भाषामा “गाेठाला” । यिनिहरु मात्र हाम्ले अह्राएका काम गर्ने हुन । यिनिहरुलाई अवसर दिनु हुँदैन । अवसर दिएमा हामी भन्दा अगाडि जानेछन् ।

अचम्म लाग्छ  आजसम्म कुनै पनि मजदुरलाई काम लगाउनेले पुरै पारिश्रमिक चुक्ता गरेकाे रेकर्ड पाईदैन, बाँकी भाेली पर्सि भनेर भाका सारिन्छ । किनकी मजदुर अाफ्नाे बाँकी मजदुरी गुम्ने डरले बाँकी काम उसैकाेमा गर्न बाध्य पारिन्छ, अनि इज्जत पनि दिईदैन । किनकी अहिले पनि काम गर्नेहरुकाे भन्दा पनि काम नगरी खानेहरुकाे हालि मुहाली र टुर्पटुईयाहरुकाे विगविगी छ ।

हरेक काम अनंकितले गर्छन, ऐन नियम, मिल्ने नमिल्ने सारा जिम्मा उनिहरुकाे थाप्लाेमा हुन्छ । तर मूल्याङ्न कहिल्यै हुँदैन। पत्रांकित तहमा अान्तरिक प्रतिस्पर्धा गरेर सम्वन्धितहरुवाट माथि जाने अवसर दिन हुँने अनंकितवाट पत्रांकितमा जान अान्तरिक प्रतिस्पर्धा गराउन किन नहुँने? बरु सिमा निर्धारण गरेर यति वर्ष सेवा अवधि, याेग्यता स्नाकाेत्ताेर अनिवार्य गर, तर वृत्ति विकासमा अवराेध नगर । अवसरमा बरावरी गर । बरावरी अधिकार पनि हाे ।

एउटै ऐन नियमका अाधारमा लाेकसेवावाट सर्वाेकृष्ट उम्मेदवार अन्य पत्रांकित जस्तै अनंकित पदमा पनि छानिएर अाएका हुन । काेहि कसैकाे निगाहामा परेर तलव थापेका हाेईनन् । याे बुझ्न जरुरी छ ।

यसरी काम गर्ने र गराउने विच विभेद कायमै रहेमा यहि खालकाे निजामतीकाे अाेरालाे लाग्ने छवि कहिले सुधार अाउला खै? कुन मनाेबलले उत्कृष्ट कार्यसम्पादनकाे अाशा गर्नु भ’काे हाे? यहि हाे त सुशासन?
पाल्तु जनावर विरालाे त तपाईं काेठा थुनेर हानी हेर्नाेस अवस्था के हुन्छ? अब अाफै साेच्नाेस् हजाराै अनंकितलाई यसरी बन्दी बनाउँदाकाे परिणाम।

एउटै ऐन नियमावलीवाट पदपुर्ती गरिएका राष्ट्र सेवक कर्मचारी कर्मचारी वीचमा यसरी अन्यायपूर्ण नीति नियम ल्याउनु, काेहि मालिक र काेहि दासकाे अवस्थामा राख्न खाेज्नु बिवेक हिनताकाे पराकाष्ट हाे ! समय छदै सच्चिनु पर्दछ ।

समग्र अनंकित कर्मचारी अब एकजुट र गाेलबध्द हुन अावश्यक भै सक्याे । हुन त याे डार्विनकाे सिध्दान्तमा चलेकाे संसार हाे । संघर्ष विना अस्तित्व कल्पना गर्न सकिँदैन । अधिकार अझैसम्म मागेर पाएकाे मैले देखेकाे छैन है! कसैले दिएर हुने, कसैकाे सेवा चाकडीले वक्सेकाे गणेश टि.ए.डि.ए. हाेईन वृत्तीविकास । सामान्य भनसुन र चाकडीले केही पैसा र सम्पत्ती जाेड्नुहाेला त्याे तपाईकाे निजी हाे । तर यसरी साेच्नाेस त वृत्तीविकास तपाईकाे जिवनमा कति दुरगामी असर पार्छ?
तपाईकाे वृत्ती विकास हुनु भनेकाे तपाईकाे परिवारकाे सफलता हाे, तपाईकाे बाउअामाकाे तपाइकाे लागि बगाएकाे पसिनाकाे गन्धमा सुगन्ध हाे । अनि राज्यकाे सेवा गरेवापत पुरस्कार हाे, जवानी र अन्य सवै सुविधाहरुकाे तिजान्जली दिए बापतकाे मूल्य हाे। काेहि कसैकाे कृपा हाेईन ।

ऐन नियम सवैमा समानता हुनु जरुरी छ । हरेक दुर्घट्ना साना साना लापरवाही र हेलचक्र्याईले हुने गर्छन । विश्वमा भएका अधिकांश ठूला र हरेक डरलाग्दा क्रान्ति विभेदका कारण र अधिकार प्राप्तिका खातिर नै भएका छन् । नीति नियम बनाउँदा हेक्का के रहनु पर्दछ भने, नियम र नीति बेतिथि अन्त्यका लागि हुनु पर्दछ । समानताका लागि बनाईनु पर्दछ । अन्यथा अधिकारकाे लडाईमा दिन्न भन्नेहरु वडारिएर ज्ञानेन्द्र सरकार हुनुहाेला ।

तसर्थ: यस्ताे कुरामा सवै राजपत्र अनंकित क्यारेड एकजुट र अधिकारका लागि जस्ताे सुकै परिस्थितिकाे सामना गर्नु र खवरदारी गर्नु अाजकाे अावश्यकता हाे ।
धन्यवाद!