वडा नम्बर ५ का सबै गाउ टोल र बस्तिहरुमा सडक बत्ती लाग्ने

लुम्बिनी पत्र । गुलरिया नगरपालिका वडा नम्बर ५ को असोज २२ गते बसेको बैठकले वडा नम्बर ५ का सबै गाउ टोल र बस्तिहरुमा सडक बत्ती लगाउने निर्णय गरेको छ । बैठकले गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा माओबादी पार्टीबाट वडा नम्बर ५ मा वडा अध्यक्ष को पदमा चुनाव लडेका खेम नारायण शर्मा लामो समय देखी क्यान्सर रोग ले पीडित हुनु भएकोले वहाको सिध्र स्वास्थ्य लाभको कामना समेत गर्दै तत्काल उपचार का लागि रु २०हजार आर्थिक सहयोग गर्ने वडा निर्णय गरेको छ। बैठक वडा समितीका कार्यवाहक अध्यक्ष युबराज श्रेष्ठको अध्यक्षतामा बसेको थियो।