लागुऔषध अफिम सहित एक जना पक्राउ

लुम्बिनी पत्र । जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषध अफिम सहित एक जनालाई पक्राउ गरेको छ ।
साउन २ गते अन्दाजी १५: ४५ बजेको समयमा जिल्ला बाँके कोहलपुर न.पा.११ स्थित गोलपार्कमा एल.बि.गेष्ट हाउसबाट उनलाई पक्राउ गरिएको हो ।  जिल्ला जाजरकोट नगरपालिका वडा न.१ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा न.२ आनन्दनगर बस्ने बर्ष ४२ को भबिलाल पुन मगरलाई ४ के.जी. १७४ ग्राम लागु औषध अफिम सहित नियन्त्रणमा लिई निजको अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक ओम बहादुर राना ले बताए । लागू औषध अफिम कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज तथा जिल्ला प्रहरी कार्यालबाट खटिएको टोलिले गेष्ट हाउस खानतलासी गर्दा उक्त गेष्ट हाउस मा बस्दै आएका पुनलाई पक्राउ गरिएको बाँकेका प्रजिअ राम बहादुर कुरुम्वाङले बताए ।