राजापुर को झप्टी र शंकरपुर मा नयाँ बि ओ पी भवन शिलन्यास

लुम्बिनीपत्र । बर्दियाको राजापुर क्षेत्रमा थप २ वटा बि ओ पी भवन शिलान्यास गरिएको छ ।  राजापुर न.पा.-१० झप्टी खैरी चन्दनपुर र राजापुर न.पा.७ शंकरपुरमा स.प्र.बल नेपाल वि.ओ.पि.  भवन शिलान्यास गरिएको हो ।   सशस्त्र प्रहरी बल नेपाल वि ओ पी शंकरपुरको एक कार्यक्रमका बिच राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीले र  स.प्र.बल नेपाल वि.ओ.पि. झप्टी खैरी चन्दनपुरमा निर्माण हुने भवनको गेरुवा  गा.पा.का अध्यक्ष जमान सिंह के.सी.ले शिलान्यास गर्नु भएको हो ।   नं.३१ गण हे.क्वा.बर्दियाका गणपति सप्रउ नर बहादुर रावत, ई.प्र.का.राजापुरबाट प्र.ना.उ.मिन बहादुर घले, राजापुर न.पा.वडा नं.१० का वडा अध्यक्ष दया शंकर थारु, राजापुर न.पा.वडा नं.७ का वडा अध्यक्ष मथुरा प्रसाद थारु, उद्योग बाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण कुमार रेग्मी, वि.ओ.पि. राजापुरका विओपि प्रमुख सप्रनि खेमराज बोगटी लगायत स्थानिय भद्र भलादमी तथा पत्रकारहरुको उपस्थितिमा छुटा छुट्टै कार्यक्रमका बिच आज विओपि भवन शिलान्यास भएको हो।