माछा मार्न गएका २२ वर्षीय युवक मृत भेटिए

लुम्बिनी पत्र । बर्दियाको बारबर्दिया नगरपालिका-१ निवासी वर्ष २२ का बिनोद चौधरी मिति भदाै २८ गते बेलुकी बबई खोला पन्तरीयामा माछा मार्न गएको अवस्थामा हराएका थिए । २९ गते निजको आफन्तले सूचना दिए पश्चात सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वार्टर बर्दियाबाट खटि गएको डि.एम.टि. टोलीले तीव्र खोजी कार्य गरेको थियो । खोजी कार्यपछि चौधरीको भादा खोला पशु बजार नजिकै पानीमा डुबिरहेको मृत अवस्थामा शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वार्टर बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिनु भयो।