महासचिव बस्नेतद्वारा कोरोना बीमा वापतको रकम हस्तान्तरण                

लुम्बिनी पत्र । बर्दियाका अग्रज पत्रकार कमलकुमार पन्थीले कोरोना बीमा वापतको १ लाख बीमा रकम पाउनु भएको छ ।                                                              नेपाल पत्रकार महासंघ प्रदेश ५ का महासचिव भेषराज बस्नेतले  गुलरिया ५ स्थित घरमै पुगी पन्थीलाई कोरोना बीमा वापतको १ लाख रकम हस्तान्तरण गर्नु भएको हो ।  रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, प्रदेश पार्षद यम नाथ घिमिरे, जिल्ला उपाध्यक्ष मेनका चौधरी, जिल्ला सदस्य भीम ठकुरीको उपस्थिति  थियो ।                       रकम हस्तान्तरण कार्यकम लाई सम्बोधन गर्दै प्रदेश महासचिव बस्नेतले महासंघ प्रदेश ५ समितिले प्रदेश भरका ७४३ पत्रकारहरुको कोरोना बीमा गरिदिएको जानकारी दिनु भो । कारोना महामारीको उच्च जोखिममा रहेर आम नागरिकको घरदैलोमा सूचना पुर्‍याउने अग्रमोर्चामा खटिएका पत्रकारको कोरोना बिमा गरिएको उहाँको भनाइ छ।
‘कोरोना महामारीको समयमा समाचार संकलन गर्न जोखिम भएकाले पत्रकारलाई कोभिड -१९ पोजिटिभ देखिए राहत होस् भन्ने अभिप्रायका साथ बिमा गरिएको हो ।’
बिमा कार्यक्रमले प्रदेश भरका पत्रकारलाई फाइदा  पुग्ने बताए ।पत्रकारहरुको पेशागत हकहित एवम सुरक्षाका विषयमा गम्भीर भएर लागेको गतिलो उदाहरणका रुपमा यस बिमा योजनालाई लिन सकिने महासचिव बस्नेतको भनाइ छ।
बीमा सहयोग रकम बुझ्दै पत्रकार पन्थीले कार्यस्थलको जोखिमलाई ध्यानमा राख्दै पत्रकारको बीमा गराउन सहयोग गरेकाले पत्रकारलाई कार्यस्थलमा खटिन थप हौसला मिल्ने धारणा राख्नु भयो।