मधुवन ९ धर्मबस्तीमा निर्माण हुने बि ओ पी भवन शिलान्यास

लुम्बिनी पत्र । शान्ति , सुरक्षा र प्रतिबद्धता भन्ने मूल आदर्शले काम गर्दै आएको सशस्त्र  प्रहरी बल नेपाललको मधुवन ९ धर्मबस्तीमा बि ओ पी भवन निर्माण हुने भएको छ । मधुवन नगरपालिका नगर कार्यपालिकाको कार्यालय , वडा कार्यालयको सहयोगमा सो भवन निर्माण हुन लागेको हो । निर्माण हुन लागेको सो भवनको संघीय सांसद विमला बि क, प्रदेश सांसद कुल प्रस्द पोख्रेल, नगर प्रमुख गणेश बहादुर क्षेत्री, प्रजिअ लिलाधर अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले संयुक्त रूपमा शिलान्यास गर्नु भएको छ । वडा अध्यक्ष डिल्लीराज खनालको अध्यक्षतामा भएको शिलान्यास समारोहमा बर्दियाका प्रहरी प्रमुख केदार रजौरे, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक योगेन्द्र के सी, वडा अध्यक्ष राजेन्द्र हमाल, मधुवन नगरका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह लगायतको उपस्थिति थियो।