भैरव प्रसाद गण सुरक्षा गुल्म गुलरियाद्वारा आइसोलेस बनाउन सहयोग

लुम्बिनी पत्र। नेपाली सेनाको भैरव प्रसाद गण सुरक्षा गुल्म गुलरियाले गुलरिया ४ तुलापुरमा रहेको कवर्ड हलमा आईसोलेसन बनाउन १०० वटा बेड सहयोग र जनश्रमदान समेत गरेको छ ।                              सेनानी श्यामु शाहीको कमाण्डमा ३० जना सेनाका अधिकृत तथा जवानहरु आइसोलेसन कक्षको बत्ती जडान, शौचालय निर्माण,  पर्खाल निर्माण कार्यमा समेत श्रमदानमा गर्दै आएका छन्।  जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समिति बर्दियाको निर्णय बमोजिम सेनाले सो सहयोग गरेको हो ।   मधुवन र गुलरिया नगरपालिकाले  सो आईसोलेसन सञ्चालनमा ल्याउन लागेका हुन्।