लुम्बिनी पत्र । सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडक खण्डमा सडक सुचारु भएको छ। पाल्पा तिनाउ गा. पा. ३ नाग मन्दिर नजिक सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडक खण्डमा माथिबाट पहिरो झरी परी अबरोध भएको सडक सुचारु भएको हो । साउन ६ गते अन्दाजी ४:३० बजेको समयमा सडक सुचारू भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी डिल्ली नारायण पाण्डेले बताए।