बिपन्न ६० परिवारलाई खाधान वितरण

लुम्बिनी पत्र ।बिदेशमा बसोबास गरी बिभिन्न सामाजिक कार्यहरु गरेर  नेपालीहरुको दु:ख मा सहयोगि हातहरु लम्काउदै आएको नेपाल गुठी एशोशियसन  पेन्सलभेनिया ( अमेरिका ) को आर्थिक सहयोग तथा कृष्णसार युथ स्पोर्टस कलब  गुलरियाको  आयोजनामा भाद्र २९ गते राहत स्वरुप खाद्यान्न बितरण गरिएको छ ।
बिगत ६ महिनाबाट आकान्त बनेको कोभिड १९ कोरोना महामारी का कारण लामो समय देखी लागिरहेको प्रत्यक्ष वा अप्रत्यक्ष  लकडाउनले खाधान संकटबाट भोकमरीको अवस्थामा परेका गुलारिया  वार्ड नम्बर ५ का ६० बिपन्न घरपरिवार लाई खाद्यान्न वितरण गरिएको हो ।  गुलरिया नगरपालिका वार्ड नम्बर ५ समितीको र कृष्णसार युथ स्पोर्टस कलबको प्रतिनिधि भै युवा समाजसेवी युवराज श्रेष्ठले सो सामाग्री  वितरण गर्नु भयो ।  कृष्णसार युथ स्पोर्टस को प्रस्ताबलाई सहज रुपमा स्विकार गरी  डा केशब भण्डारी र गुठी का अध्यक्ष  बिमल मोक्त्तान जलगायत गुठी परिवार पेन्सलभेनिया अमेरिका परिवारले सहयोग गरेकोमा वडा सदस्य श्रेष्ठले  हृदय देखी आभार ब्यक्त गर्नु भएको छ  अभियानमा साथ दिनहरु सन्चारकर्मि र सहयोगि हातहरुलाई पनि हार्दिक नमन गरिएको छ।