बाँसगढीका कर्मचारी र जनप्रतिनिधि कुनै पनि बैठक भत्ता नखाई कोभिड १९ को रोकथाममा खटिने

लुम्बिनीपत्र
बाँसगढी । बर्तमान कोभिड १९को परिस्थितिले विश्व अर्थतन्त्र धरायशी भएको अवस्थालाइ मध्यनजर राख्दै कोभिड १९कोप्रभाव अवधिभर बाँसगढी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले कुनै पनि बैठक भत्ता नखाई कोभिड १९ को रोकथाममा खटिने निर्णय गरेका छन्।
असार ८गते शुरु भइ असार ११ गते सकिएको बाँसगढी नगरपालिकाको सातौ नगरपरिषद्ले सो निर्णय गरेको हो।
कोरोना भाइरस रोकथामका तथा नियन्त्रणका साथै समग्र नगरवासी तथा सिंगो नगरपालिकाको सबै पक्षको सकारात्मक विकास गर्नु समेत आफनो दायित्व सम्झी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र नगरवासीको सुरक्षाका लागि कर्मचारी र जनप्रतनिधिले कुनै पनि बैठक भत्ता नखाइ अहारात्र खटिएको खटिरहने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज खत्रीले बताए ।
सातौ नगरसभाले वर्तमान परिस्थतिलाइ मध्यजनर राख्दै जनताको पक्षमा महत्वपुर्ण एंव जनप्रिय निर्णयहरु गरेको नगरप्रमुख शालिकराम अधिकारीले बताए।
कोभिड १९ का कारण पर्न गएको असरलाई मध्ये नजर राख्दै बाँसगढी नगरपालिकाले भूमि करमा ५० प्रतिशत र अन्य सबै करमा ३० प्रतिशत छुट दिने निर्णय गरेको प्रशासकीय अधिकृत खत्रीले बताए ।
नगरपालिकाको सातौ नगरपरिषदले मृत्यु दर्ता र सबै खाले नागरिकता सिफारिस निःशुल्क गर्ने निर्णय समेत गरेको छ।
बाँसगढी नगरपालिकाको आर्थिक बर्ष ०७७/ ७८को नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्यवयन गर्न सातौं नगरसभाले ७० करोड ९० लाख ७२ हजार २२० रुपियाँको बजेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत अम्मर राज खत्रीले बताए ।