बाँकेमा ३५२ मध्ये ३११ जना निको भए            

लुम्बिनी पत्र । बाँकेमा कोरोना पोजेटिभहरुको संख्या हालसम्म  ३५२ पुगेको छ ।  संक्रमित मध्ये  ३११ जना निको भै डिस्चार्ज भएका छन् भने मृत्यु भएकाको संख्या हालसम्म जम्मा २ रहेको छ ।  बाँकेमा हालसम्म ६८४४ PCR जाँच  र ८५५७ RDT जाँच  गरिएको बाँकेका प्रजिअ राम बहादुर कुरुम्वाङले बताए ।
बाँकेमा क्वारेन्टाइनमा ८८८ जना बस्दै आएका छन् भने आइसोलेशनमा ४४ र  ICU मा ३ जनाको उपचार भै  रहेको  फोकल पर्सन नरेश श्रेष्ठले बताए  । 
असार १३ गते बाँकेको जमुनहा नेपालगन्ज नाकाबाट कर्णालीका ३३सहित १२९ जना नेपाल प्रवेश गरेका र  २७१ जना  नेपालबाट भारत तर्फ गएको प्रजिअ कुरुम्वाङले बताए।   होल्डिङ सेन्टरमा ३ जनाले रात्रीबाँस बसेका छन्।