बर्दिया सशस्त्र प्रहरीले १ नाल भरुवा बन्दुक फेला पार्यो

लुम्बिनी पत्र । बर्दिया गुलरिया नगरपालिका वडा नं.१ गाँउ नं.१६ मा १ नाल भरुवा बन्दुक फेला पारीएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण बर्दियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक बिग बहादुर गोलेको टोलीले १९ गते बिहान ००:१५ बजेको समयमा सो हतियार फेला पारेको हो । बर्दिया गुलरिया नगरपालिका वडा नं.१ गाँउ नं.१६ स्थित सीमा ईलाका देखी ५०० मिटर उत्तर तर्फ एरिया गस्ति गर्ने क्रममा गस्ति टोलिलाई देख्नासाथ शंकास्पद २ जना व्यक्ति दक्षिण जंगलतर्फ भागेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए । उक्त स्थानमा खोज तलास गर्दा भरेको १ नाल भरुवा बन्दुक फेला पारी उक्त बन्दुक आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाईएको छ ।