बर्दियामा २०८ पोका सुर्तीसहित ३ जना सशस्त्र प्रहरीद्वारा पक्राउ     

 लुम्बिनी पत्र। सशस्त्र प्रहरी बल नेपाल बर्दियाले गुलरिया ८ आशापुरबाट २०८ पोका सुर्ती र ३साइकल सहित  गुलरिया १० प्रयागपुरका ३ जनालाई पक्राउ गरेको छ । २८ गते राति २ बजेको समयमा भन्सार छली भारतबाट सामान चोरी निकासी गर्दा उनीहरूलाई सशस्त्रको विशेष टोलीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नंबर ३१ गण गुलरिया बाट खटिएको टोलीले गुलरिया  ९ खालीपुरवा बाट  बेवारिशे ६ गोलीया काठ बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिनु भो । नेपालबाट भारत तर्फ लैजान लागिएको ७५ किलो केराउ  सशस्त्रको टोलीले काला बन्जारबाट  बरामद गरेको छ ।