बर्दियामा सशस्त्र प्रहरी द्वारा ३ युवतीको उद्दार

लुम्बिनी पत्र । प्रलोभनमा परी भारत तर्फ पुर्याईदै गरेका काभ्रे, चितवन र  दोलखाका  २३,२७ ,४३ वर्षीया ३जना युवतीलाई सशस्त्र प्रहरी बर्दियाले मधुवन शक्तिपुरबाट उद्दार गरी माइती नेपाल गुलरियामा बुझाएको छ ।      श्री सशस्त्र प्रहरी बल नेपाल बर्दियाले जिल्ला मधुवन न.पा.-७ भगरैयाटोल भद्रपुर नाकाहुदै भारततर्फ जान खोजिरहेका उनीहरूलाई उद्दार गरेको हो ।  चितवन जगतपुर गा.पा.-७ बस्ने बर्ष ४३¸ दोलखा भुसाफेदा गा.बि.स.-२ बस्ने बर्ष ३७ र काभ्रेप्लान्चोक तेमाल गाबिस -९ बस्ने बर्ष २३ कि निज ३ जना महिलालाई सीमा सुरक्षार्थ खटीएको एपिएफ टोलिले सोधपुछ गर्दा मानब ओसार पसारमा संलग्न हुन सक्ने आशंकामा निजहरुको उद्धार गरीएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयो ।  उद्दार गरी  तीनैजनालाई माईती नेपाल बर्दियामा बुझाईएको छ।  श्री सशस्त्र प्रहरी बल नेपाल बर्दियाले जिल्लाका बिभिन्न नाकाहरुबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेका  १ लाख  बराबरको पशु चौपाया आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएको  छ ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हे.क्वा. बर्दियाले चिनि¸प्याज¸ नुन र सुर्ती भन्सार कार्यालय बुझाउने प्रकृयामा रहेको छ ।