बर्दियामा सशस्त्र प्रहरीद्वारा १ लाख ३३ हजार ९सय ७५ मूल्य बराबरको सामान बरामद          

लुम्बिनी पत्र । सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वार्टर बर्दिया मातहतका विओपि तथा बेसबाट खटि गएको गस्ति टोलीले१लाख ३३ हजार ९सय ७५ मूल्य बराबरको सामान बरामद गरेको छ ।  मंसिर २४ र २५ गते बर्दिया जिल्लाका विभिन्न  नाकाबाट  अबैध रुपमा भन्सार छली गरी नेपाल तर्फ भित्र्याउदै गरेको  सामान बरामद गरेको हो । बरामद गरेको सामानमा सागुनको गोलिया, सालको गोलिया, कपडा , चिनी, लेडिज सुट, सुर्तीजन्य पदार्थ तथा विभिन्न किराना सामान  रहेका छन् । सामान सँगै तस्करीमा प्रयोग भएका साईकल र २  व्यक्ति पक्राउ परेका छन्।   बरामद गरिएका सामानहरु तथा व्यक्ति संबंधित कार्यालयहरु क्रमशः डिभिजन बन कार्यालय बर्दिया र  छोटी भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावत ले बताउनु भयो ।