लुम्बिनीपत्र । विश्व वातावरण दिवसको उपलक्ष्यमा बर्दियामा वृक्षारोपण गर्नुका साथै साइकल वितरण गरिएको छ । विश्व वातावरण दिवसको उपलक्ष्यमा मधुवन नगरपालिका वडा नम्बर ३ अन्तर्गतको खाता क्षेत्रमा रहेको हरियाली पार्कमा वृक्षारोपण गरिएको हो ।
डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृतहरु शितेश महतो, द्रोणराज शर्मा, वसन्त थापा र खाता समन्वय समितिका अध्यक्ष बलिराम थारु लगायतले अम्बा असारे फुल लगायत अन्य काष्ठ प्रजातीका विरुवाहरु रोपेका थिए ।
दिवस कै अवसरमा चोरी शिकार नियन्त्रण युवा परिचालनका सदस्यहरूलाई खाता समन्वय समितिले साइकल समेत वितरण गरेको छ ।
हरेक वर्ष जुन ५ का दिन मनाइने विश्व वातावरण दिवश यस वर्ष कोरोना महामारीका कारण प्रभावित भएको छ । कार्यकममा डिभिजन वन कार्यालय बर्दियाका कर्मचारी, खाता संरक्षित वन समन्वय समितिका पदाधिकारी तथा सदस्य, सशस्त्र प्रहरी, स्थानीयसा.व.उ.स.हरु र अन्य सरोकारवालाहरुको सहभागीता थियो।