लुम्बिनी पत्र । सीमा ईलाकामा हुने अबैध चोरी, तस्करी र अपराध नियन्त्रणको लागि खटिएको श्री सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाले बर्दियामा आफ्नो काम कारवाहीलाई सशक्त, प्रभावकारी र तीब्र पारेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाको गस्ति टोलीले जिल्लाको विभिन्न नाकाबाट अबैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको विभिन्न सामानहरू पुष १६ गते राति बरामद गरेको छ ।
गस्ती टोलीले चौपाया (रागा) र खयर जातको काठ ३५.१३ क्यु.फिट गरी दुई लाख बिस हजार दुई सय साठी बराबरको सामान आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयो । गस्ती टोलिले प्याज¸ नुन¸ सुर्ती¸ चिनी¸ डिजेल र प्लास्टिकका बाटा गरि बाह्र हजार आठ सय चालिस बराबरका सामानहरु भन्सार कार्यालयमा बुझाएको छ ।