बर्दियामा कोरोना संक्रमितको संख्या ७ पुग्यो

लुम्बिनी पत्र । बर्दियामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका  प्रवक्ता डा विकास देवकोटाका अनुसार गुलरिया १ का १८ वर्षको युवक र गुलरिया १० का २४ र २२ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । गुलरिया १ का १८ वर्षीय युवक भारतको बैंगलोरबाट आई शम्भुसरण माविको क्वारेन्टाइन बसी ९ गतेबाट  बर्दिया अस्पतालको  क्वारेन्टाइनमा राखिएको थियो।    ने रा मा वि प्रयागपुर क्वारेन्टाइनमा बस्दै  आएका २ जना पनि भारतबाट आएका थिए।  भाइरस संक्रमितको संख्या बढेसँगै बर्दियामा थप कडाई गरिएको छ ।  संक्रमित ३ व्यक्तिलाई उपचारको लागि दाङ पठाईएको बर्दिया अस्पतालका प्रमुख डा शुभास पाण्डेले बताए ।  अस्पतालको आइसोलेसँन सिल गरी इमर्जेन्सी बाहेक सबै सेवा स्थगित गरिएको छ।  अस्पतालमा बर्दियामा कोरोना संक्रमित फेला परेपछि बर्दियाको सिमाना सील गर्दै कडाई गरिएको हो ।
बाँके जिल्लाबाट भइरहेको आवागमन तथा ढुवानीलाई थप कडाई गरिएको बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले बताए।