बर्दियामा कृत्रीम घटना अभ्यास कार्यकम सम्पन्न

 लुम्बिनी पत्र । बाढी प्रतिकार्य प्रभावकारी बर्दियामावनाउन   बर्दियामा कृत्रीम घटना अभ्यास कार्यकम सम्पन्न भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति वर्दियाले आज असार २६  गते वाढीको कृतिम घटना अभ्यास गरेको छ ।
वाढीको वखत हुनसक्ने  मानविय तथा भौतिक क्षति तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउने उदेश्यका साथ हरेक वर्षझै यस बर्ष पनि बबई नदिमा कृतिम घटना अभ्यास कार्यक्रम  आयोजना गरिएको  जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र वर्दियाका प्रमुख रुपन ज्ञवालीले बताए।
जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७  अनुसार बबई नदिको भादा पुल नजिकै कार्यक्रम आयोजना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समिति वर्दियाका अध्यक्ष लिलाधर अधिकारीले कृतिम घटना अभ्यासले वाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामाग्रीको पुर्वतयारी गर्न सहयोग पुगेको बताए । “यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारी हुने छ । मनसुन सकृय रहेको र वाढी आइहालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ  ”प्रजिअ अधिकारीले भने ।
बाढी कृतिम अभ्यास कार्यक्रममा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र तथा सुरक्षा निकायमा रहेका  रवर वोट, खोज तथा उद्धार सामाग्रीहरुको प्रयोग गरिएको प्रशासकिय अधिकृत नारायण प्रसाद ढकालले बताए।
प्रजिअ अधिकारीसँगै बर्दिया प्रहरी प्रमुख केदार रजौरेे, सशस्त्र प्रहरी उपरीक्षक यादव बिश्वकर्मा, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक योगेन्द्र के सी, सेनानी  लगायत कृत्रीम घटना अभ्यास कार्यकममा उपस्थित थिए।  प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना तथा रेडक्रसको सहभागितामा भएको वाढीको कृतिम घटना अभ्यासमा करिव १ सयजना जनशक्तिको सहभागी रहेको थियो ।