बर्दियाका प्रजिअ लामिछानेको माग बमोजिम गृह मन्त्रालयमा सरुवा            

लुम्बिनी पत्र । बर्दियाका प्रजिअ प्रेमलाल लामिछाको आफ्नो माग बमोजिम गृह मन्त्रालयमा सरुवा भएको छ । लामिछानेको ठाउँमा अध्यागमन विभागका वरिष्ठ    अधिकृत लिलाधर अधिकारी  प्रजिअ भएर आउने भएका छन्। गृहमन्त्रालयले ४४ जना कर्मचारीको सरुवा,काज तथा पदस्थापन गरेको छ । मन्त्रालयले आईतवार प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र विभिन्न विभागका प्रमुखको सरुवा,काज तथा पदस्थापन गरेको हो ।

यसअघि सुर्खेतमा प्रमुख जिल्ला अधिकारी(सीडीओ)मा रुपमा कार्यरत रमेश न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा गरिएको छ । त्यस्तै पाल्पाका सीडीओ यादव सुवेदीलाई गृहमन्त्रालयको सहसचिवका रुपमा काजमा खटाइएको छ ।
त्यस्तै गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको सीडीओमा पदस्थापन गरिएको छ । त्यसैगरी बर्दियाका सीडीओ प्रेम लामिछानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने ओखलढुंगाका सीडीओ गणेश आचार्यलाई डिल्लीबजार कारागारको जेलरमा सरुवा गरिएको छ । डिल्लीबजार कारागार जेलर अरुण पोखरेलाई उदयपुरको सहायक सीडीओमा सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सीडीओ जीवन आचार्यलाई संखुवासभाको सीडीओमा सरुवा गरिको छ ।