बढी मुल्यमा माक्स बेच्ने व्यक्ति गुलरियामा पक्राउ

लुम्बिनी पत्र। बढी मुल्यमा सर्जिकल माक्स बिक्री गर्ने व्यक्ति बर्दियामा पक्राउ परेका छन्।
फागुन २२ गते बेलुका अन्दाजी ५ बजेको समयमा  बर्दिया गुलरिया नगरपालिका वडा नं.७ स्थित रहेको मध्यपश्चिम पोलिक्लिनिक गुलरिया बर्दियामा काम गर्ने वडा नं.७ बस्ने बर्ष २६ को बिरेन्द्र थापा पक्राउ परेका हुन् । बढी मुल्य लिई सर्जिकल माक्स बिक्री बितरण गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा गई चेकजाँच गर्दा उक्त सर्जिकल माक्स रु.४५ मा बिक्री गरेको बिल ठेलीबाट देखिन आएकोले थापालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए। ठेली बरामद गरी निजलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका
सूचना अधिकारी प्रहरी नायव उपरीक्षकयोगेन्द्र कुमार खड्काले बताए।