पानीमा डुवेर एक बालकको मृत्यु

लुम्बिनी पत्र । गेरुवा गाँउपालिकामा शुक्रवार पानिमा डुवेर एक वालकको मृत्यु भएको छ ।
वडा नं.४ खोल्टी बजार स्थित चारगाउँ कुलोमा पौडी खेल्ने क्रममा गेरुवा गाउँपालिका वडा नं. १ थापापुर वस्ने गणेश बहादुर चलाउनेका १० वर्षिय छोरा सागर चलाउनेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ।