पसलमा आगजनी गर्ने एक पक्राउ, अन्यको खोजि कार्य जारी         

लुम्बिनी पत्र ।   बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लार्यसमा आगजनी गर्ने र  प्रकाश गौतमको घरमा ढुङ्गा मुढा गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  
लक डाउनको समयमा  आगजनी र तोडफोड कार्यमा संलग्न भएको भन्दै राजापुर ६ का ४१ वर्षीय युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख मिन बहादुर घलेले बताए।       आगलागीको घटना बारे अनुसन्धान सुरु गरि कानुन हातमा लिने अन्यको  खोजी कार्य जारी राखिएको बर्दिया का प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार रजौरेे ले बताए। पसलका सामान बाहिर निकालेर जेठ २६ गते सोमबार दिउँसो १२ बजेतिर पसलमा आगजनी गरिएको थियो।  उनीहरूले प्रकाश गौतमको घरमा समेत ढुंगामुढा गरि तोडफोड गरेका थिए । तोडफोडमा करिव ८६ लाख ६० हजार ५ सय वरावरको क्षति भएको इलाका प्रहरी कार्यालय राजापुरले जानकारी दिएको छ । तोडफोड बाट खुर्सानी, तेल, चामल, नुन, करेन्ट मसला, दाल  चियापती चाउचाउ, सावुन सर्फ चिसो पेय पदार्थ, विद्युतीय सामानहरु डिफिरिज्  टिभी, ल्यापटप, कम्प्युटर, दराज टेबुल  काजु किस्मीस र नगद २० लाख नोक्सानी भएको छ । आक्रोसित भिडले नेपाल प्रहरी र शसस्त्र प्रहरीका ४ जनाका साथै हिमालका भाई प्रकाश गौतमलाई समेत हातपात गरेका थिए । यता हिमाल गौतमका भईले भने आफुहरुले  सम्मानीत अदालत बर्दियाको आदेश अनुसार कानुनलाई मानेर  अगाडी बडेको हो । तर हाम्रो व्यापार व्यावसाही धोस्त पारी  हामीलाई ज्यान मार्ने धम्की दिएको भन्दै आफनो जिउ ज्यानको सुरक्षागरी  आफुलाई न्याय दिन अनुरोध गरेका छन । नेपाल प्रहरीले प्रयोग गर्ने का ५बा ५९५५ नं.को सरकारी मोटर साइकलमा क्षति पुर्याएका छन् ।                            से ५ प ४३३२ नम्वरको मोटरसाइकल र भे १ च ३४३५ डेलीभरी भ्यान मैलानाला पुल एडभान्स बोडिङ्ग स्कुल नजिकै  वैशाख ३० गते  मंगलवार राती ८ः३० बजेतिर एक आपसमा ठोकिएको थियो ।   सवारी दुर्घटनामा गम्भीर घाइते भएका बर्दिया राजापुर वडा नं. ६ महादेउली  निवासी  सोमनाथ थारुको उपचारको क्रममा गुलरिया अस्पतालमा ज्यान गएको थियो ।  जिल्ला अदालत बर्दियाको आदेश बमोजिम वर्षा सप्लायर्सका प्रोप्राइटर हिमाल गौतमलाई अनुसन्धानका लागि २२ दिन प्रहरी हिरासतमा राखी अदालतले धरौटी तारेखमा छाडेको थियो। जिल्ला अदालत बर्दियाले डेलिभरी भ्यानचालक हिमाल गौतम अनुसन्धान गरी १ लाख २० हजार धरौटीमा छोड्ने आदेश गरेको थियो। मृतक सोमनाथकी श्रीमती सरिता थारुले किरिया खर्च वापतको रु पचास हजार बुझी सकेकी इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मिन घलेले बताए ।  क्षतिपूर्ति वापतको रकम रु ४ लाख ५० हजार पछि मांग गर्न आएका बखत मृतकका हकदारले पाउने गरी   भे १ च ३४३५ नम्बरको भ्यानका तर्फबाट  जिल्ला प्रशासन कार्यालय  बर्दियामा हिमाल गौतमका भाई प्रकाश गौतमले पैसा समेत दाखिला गरिसकेको जिल्ला  प्रशासन कार्यालय बर्दियाका मुद्दा शाखा प्रमुख विनय के सीले बताए। 
सवारी ज्यानको क्षतिपूर्ति  बापत मृतकका हकदारले पाउने मुद्दा जिल्ला प्रशासन कार्यालयलमा र सवारी ज्यान सम्बन्धि मुद्दा जिल्ला अदालतले हेर्दछ ।