पत्रकार आचार संहिता प्रशिक्षक प्रशिक्षण

लुम्बिनी पत्र । प्रेस काउन्सिल नेपालको आयोजनामा लुम्बिनी प्रदेशका पत्रकारका लागि लुम्बिनी प्रदेशको राजधानी  भालुबाङमा पत्रकार आचार संहिता प्रशिक्षक प्रशिक्षण सुरु गरिएको छ ।  दुई दिनसम्म चल्ने प्रशिक्षणको नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यकम मा बोल्दै महासंघ अध्यक्ष आचार्यले पत्रकार आचारसंहिता स्वनियमन भएको र यसले पीत पत्रकारिता लाइ जोगाएर स्वच्छ र मर्यादित बनाउने बताउनु भयो । उँहाले राज्यको चौथो अंग मानिने पत्रकारिताले समाजमा निरन्तर खबरदारी र निगरानी गर्नु पर्ने बताउनु भयो। एक प्रसंगमा उँहाले लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र र अधिकारी रहेको बताउनु भयो । नेपालमा सञ्चारमाध्यमको वृद्धि भएपनि व्यवसायिकता र गुणात्मकता वृद्धि नभएको प्रष्ट्र पार्नु भयो ।  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष मौसम रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष आचार्य, उपाध्यक्ष बिपुल पोख्रेल, सचिव उदय जि एम लगायतले प्रशिक्षण दिनु हुनेछ ।  जिल्ला जिल्ला जिल्लामा पत्रकार आचारसंहिता को कार्यान्वयन प्रभावकारी बनाई मिडिया लाइ अझ जिम्मेवार बनाउन प्रशिक्षक प्रशिक्षण दिन थालिएको प्रेस काउन्सिल नेपालका मुख्य प्रशासकीय अधिकृत झबिन्द्र भुसाल ले बताउनु भयो ।  कार्यकम  स्वागत मन्तव्य  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत के सीले र उद्घोषण  महासचिव भेषराज बस्नेतले गर्नु भएको हो ।