नहरमा खसी बेपतालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले मृत फेला पार्यो

लुम्बिनी पत्र । बर्दियाको बारबर्दिया न.पा.-१ बबई नदीको नहरमा सोही नगरपालिका ३ खुरखुरे बस्ने वर्ष २२ का बिष्णु परियार पिकनिक टोलीसँग विवाद भई भाग्ने क्रममा नहरमा खसी बेपत्ता भएका छन् ।  निजको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल न ३१  गण मातहत सुरक्षा बेश कतर्नियाबाट ७ जना र नं.४२ रिर्जभ गण हे.क्वा.शम्शेरगंज बाँकेबाट सप्रनि डबल बहादुर ऐरीको कमाण्डमा ११ जनाको गोताखोर टोली खटाइएको थियो ।  खोजी कार्य गर्दा उक्त लास पानीमा तैरीरहेको अवस्थामा मिति मंसिर ४  गते १६:२० बजेको समयमा फेला परेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिनु भयो ।
बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी उपरीक्षक केदार रजौरेे, सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हेड क्वााटर  बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत लगायत जिल्ला सुरक्षा समितिको टिम घटना स्थलमा पुगि खोज तथा उद्धारमा खटिने टोलीलाई आवश्यक निर्देशन समेत दिनु भएको छ।