नगद र स्कुटी चोरी कार्यमा संलग्न युवक गजुरी प्रहरीद्वारा पक्राउ            

लुम्बिनी पत्र ।  स्कुटर तथा नगद सहित चोरी कार्यमा संलग्नलाई इलाका प्रहरी कार्यालय गजुरी धादिङले पक्राउ गरेको छ । पक्राउ परेका नेपालीलाई आबस्यक अनुसन्धान कार्बाहीको लागि महानगरीय प्रहरी बृत महाराजगञ्ज पठाईएको इलाका प्रहरी कार्यालय धादिङ का प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए । असार २५ गते बिहान ०८:०० बजेको समयमा जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ७ गल्छी चोक स्थित पृथ्वी लोकमार्ग सडक खण्डमा चेक जाँच गर्ने क्रममा  नेपाली पक्राउ परेका हुन् । काठमाण्डौंबाट गल्छी  तर्फ आउँदै गरेको यामाहा कम्पनीको Bagamati 02-017 प 2204 लेखिएको स्कुटर चालक जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. ६ त्रुशुली भैरमकोट बस्ने बर्ष १४ को  बालक पक्राउ परेका हुन ।  उनलेअउनले २१ गते दिउसो काठमाण्डौं जिल्ला बुढानिलकण्ठ स्थित गणेश ईन्टरप्राईजेज पसल रहेको घर कोठाबाट कालो झोलामा रहेको ५लाख ३० हजार नगद रकम चोरी गरेको आरोप छ ।  चोरी गरेको सोही रकम मध्येबाट काठमाण्डौं चक्रपथ स्थित यामाहा सोरुमबाट  स्कुटर खरिद गरेको भनि बताएकोले तत्काल निजको शरीर तलासी लिंदा निजको शरिरबाट जम्मा नगद रु.३ लाख ७ हजार ५ सय फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।