देश र जनताको हितलाई ध्यानमा राख्दै प्रहरीले काम गर्नुपर्ने   

लुम्बिनी पत्र । प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले दर्ज्यानी चिन्ह तथा शुभकामना प्रदान  गरेका छन् ।
असार २१बाँकेको नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतको तत्वावधानमा सञ्चालित प्रहरी जवान आधारभुत तालिम (९-१३६) औ‌ समुहका  दिक्षित भई जान लागेका प्रशिक्षार्थी प्रहरी जवानहरुलाई दर्ज्यानी चिन्ह तथा शुभकामना प्रदान  गरेका हुन ।    दर्ज्यानी चिन्ह तथा शुभकामना प्रदान गर्दै प्रमुख अतिथी बास्तोलाले जस्तोसुकै कठिन अवस्थामा जनताको जिउधनको सुरक्षा, प्रभावकारी शान्ति सुरक्षा कायम गर्न गराउन र बिपद व्यवस्थापनमा  नेपाल प्रहरीका सकल दर्जाका सबैले आफूलाई अग्रपंक्तिमा राखेर काम गर्नुपर्ने बताए । कोभिड संक्रमणको व्यवस्थापनमा जिम्मेवारपूर्ण भूमिका खेलेको नेपाल प्रहरीले हर हमेशा देश र जनताको हितलाई ध्यानमा राख्दै नागरिकको जीउ धनको सुरक्षा गर्नुपर्ने बताए।  सीमा अपराध , लागू औषध, मानव तस्करी, महिला हिँसा नियन्त्रणमा सून्य सहनशीलता अपनाई काम गर्न प्रहरी जवानहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक  बास्तोलाले निर्देशन दिए।