लुम्बिनी पत्र । बर्दियामा आज १८ जना कोभीड बिरामी थपिएका छन्। यो सँगै संक्रमितको संख्या ५९ पुग्यो ।
सङ्क्रमित मध्ये बाँसगढीका ९ जना, ठाकुरबाबाका ३ जना, मधुवनका ४ जना , बार बर्दियाका २ जना रहेका छन् । भेरी अस्पतालले आज सार्वजनिक गरेको १९ जनाको पी सी आर रिपोर्ट अनुसार बाँकेको जानकी गाउँपालिका ४ का थप १ जनामा कोभिड पुष्टी भएको छ।
सङ्क्रमित मध्ये बार बर्दिया ८ मा २ जना, मधुवन ९ मा एक जना, ४ मा ३ जना , ठाकुर बाबा ४ मा १ , ३ मा २ जना, बाँसगढी २ मा ४ , बाँसगढी ५ मा १ जना, बाँसगढी ७ मा १ जना , ६ मा २ जना , बाँसगढी ९ मा एक जना रहेका छन।