जनतालाई अनुभूती हुने सुरक्षा तथा सुव्यवस्था मिलाउने छु: प्रजिअ अधिकारी

लुम्बिनी पत्र । बर्दियाका नव प्रजिअ लिलाधर अधिकारीले कोभीड, बाढी लगायतका समस्याको नियंत्रण तथा व्यवस्थापनमा जनतालाई अनुभूती हुने सुरक्षा तथा सुव्यवस्था मिलाउने बताएका छन्।  जिल्लाका सञ्चारकर्मीसँगको परिचयात्मक कार्यकममा प्रजिअ अधिकारीले  कोभिड सँगै तस्करी नियन्त्रण र शान्ति सुरक्षालाई  पहिलो प्राथमिकतामा राखि काम गर्ने प्रतिबद्धता जनाए ।  सुरक्षाको हिसाबले कुनै आयोजना रोकिए खरो रुपमा लाग्ने भन्दै विकास आयोजनाको सुरक्षामा आफ्नो ध्यान रहेको बताए ।  कानुनी शासनका लागि निर्मम छु । कानून भन्दा माथि कोही पनि छैन सीडीओ पनि  छैन। नदीजन्य पदार्थको अवैध उत्खनन हुन नदिन  सुरक्षा निकाय प्रभावकारी परिचालन गर्नेछु : प्रजिअले भने। बर्दिया अस्पतालको सेवा सुविधा बढाउन सबैले ध्यान दिन जरुरी रहेको बताउँदै प्रजिअ अधिकारीले घरमै पनि स्वाथ्य सुधार गर्न सबैमा आग्रह गरे ।  स्थानीय तहले  कोरोना नियंत्रण , स्वास्थ्य र सरसफाइमा केन्द्रित गरी बजेट नीति तथा कार्यकम ल्याउन जरुरी रहेको बताउँदै प्रजिअ अधिकारीले लक डाउनको बेला  अनलाइन सिस्टम बाट काम गरी सरकारी कार्यालयहरु जनताको माझमा हुनु पर्ने र   कोभिड १९ विपत व्यवस्थापनमा पनि ध्यान दिन जरुरी रहेको बताए ।  सभ्य बर्दिया जिल्लामा सुधार गर्नुपर्ने ठाउँ प्रशस्त रहेको बताउँदै उनले छन्।  बर्दियामा सुधार ल्याउन मीडिया क्षेत्रबाट  सधैं कोपरेशन हुने विश्वास व्यक्त गर्दै बर्दियामा सुधार ल्याउने सवालमा मिडियालाई आफ्नो कोपरेसन रहने बताए । 
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले खुला सिमानाका कारण बर्दियामा सूक्ष्म रूपले हुने अपराध प्रमुख सुरक्षा चुनौती रहेको बताउँदै सुरक्षा संयन्त्रको बलियो उपस्थिती बनाई सुरक्षा र स्वास्थ्यस्थिति बलियो बनाई कोरोना नियन्त्रणमा राज्यका सबै निकायलाई प्रभावकारी परिचालन गर्न र  सडक, सिचाई , तटबन्ध लगायतका विकास निर्माणको काममा तीब्रता ल्याउन सुझाव दिए । प्र जि अ अधिकारीलाई सुझाव दिए ।    बर्दिया किसानहरूको जिल्ला भएकाले मलखाद, बीउ बिजन र प्रविधि सहज रूपले उपलब्ध गराउन,  बिहानै देखि सांझसम्म बजार खोल्न,  बर्दियाका सबै क्वारेन्टाइनमा  अाफैपुगि बसाई र खानपानको प्रत्यक्ष जानकारी लिन , विपद्का बेला कालाबजारी गर्नेलाई तत्काल कार्वाही गर्न र आर डी टी परीक्षणको दायरा बढाउन  बर्दियाका सञ्चारकर्मीले प्रजिअलाई सुझाव दिएको सहायक प्रजिअ गणेश विक्रम शाहले बताए।