घाँस काट्ने क्रममा पाटे बाँघले आक्रमणमा एक महिलाको ज्यान गयो

लुम्बिनी पत्र । कार्तिक ५ गते ४:१५ बजेको समयमा बर्दिया मधुवन नगरपालिका ३ भगरैया बस्ने २९ वर्षीया गंगा बुढाको घाँस काट्ने क्रममा पाटे बाँघले आक्रमण गरी ज्यान गएको छ। दशगजाबाट नजिकै जंगलतिर पुर्याई सकेको अवस्थामा सशस्त्र प्रहरीले निज महिलालाई मृत अवस्थामा फेला पारेको र उक्त लाश घटना स्थलमा नै रहेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत ले जानकारी दिनु भयो। विओपि भगरैयाबाट सप्रनानि भिम बहादुर वलीको कमाण्डमा खटि गएको ११ जनाको टोली र स्थानिय बासिन्दा २०/२५ जनाको सहयोगमा हो-हल्ला गरी बाँघलाई भगाएका छन् ।