गुलरियामा  सुविधा सम्पन्न स्नुकर एण्ड क्याफे हाउस संचालनमा                   

लुम्बिनी पत्र। बर्दियाको गुलरियामा पहिलोपटक सुविधा सम्पन्न स्नुकर एण्ड क्याफे हाउस संचालनमा ल्याइएको छ। स्थानीय युवाहरु सन्दिप सिंह स्वार, श्याम रावल र सन्तोष थापाले गुलरिया ६   बगलामुखी स्कूल रोडमा ब्ल्याक बक स्नुकर एण्ड क्याफे हाउस संचालनमा ल्याएका हुन्।  युवाहरुले      स्वदेशमै उद्योग व्यवसाय गरी आफ्नु खुट्टामा उभिनु पर्छ भन्ने मान्यताका साथ स्नुकर एण्ड क्याफे हाउस संचालनमा ल्याएको युवा उद्यमी सन्दिप सिंह स्वारले बताए।  स्नुकर एण्ड क्याफे हाउसमा हाल ३ सेट स्नुकर रहेकोमा ब्याडमिन्टन र टी टी खेल्न कोर्टको व्यवस्था समेत गरिने छ। विदेशमा भन्दा स्वदेशमै अवसर छ स्वदेशमै उद्यम व्यवसाय गर्नुपर्छ भन्ने निर्माण व्यवसायी युवा उद्यमी विमल केसी बाट प्रेरणा लिएर आफूहरुले   जग्गा भाडामा लिएर  स्नुकर एण्ड क्याफे हाउस संचालनमा ल्याएको स्वार को भनाइ छ।